|

नवलपुर : पूर्वपश्चिम राजमार्गअन्तर्गत विस्तारका क्रममा रहेको नारायणगढ–बुटवल खण्डमा पर्ने नवलपुरको सडकमा कालोपत्रको काम रोकिएको छ। 

कालोपत्रका लागि आवश्यक लकच्चा पदार्थ ‘बिटुमिन’ सकिएपछि काम रोकिएको नारायणगढ बुटवल सडक विस्तार योजना पूर्वी खण्डले जनाएको छ। 

“यस खण्डमा आठ किलोमिटर सडक कालोपत्र गर्न मिल्ने गरी तयारी भइसकेको छ”, योजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालले भने, “भारतबाट आउनुपर्ने बिटुमिन भन्सारमा रोकिएको कारण कालोपत्रको काम हुन नसकेको हो।” 

बिटुमिन आएलगत्तै कालोपत्र गर्ने गरी निर्माण व्यवसायी तयारी अवस्थामा रहेको भन्दै खनालले आठ किलोमिटर कालोपत्र गर्ने बेलासम्म थप आठ किलोमिटर सडक कालोपत्र गर्ने तयारीमा पुग्ने बताए।

सडक निर्माण कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसन लिमिटेडका ठेक्का सह–व्यवस्थापक राकेश झाले सडक कालोपत्र गर्न प्रयोग गरिने बिटुमिन भन्सारमा आइसकेको जनाए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.