|

काठमाडौँ : तामाङ समुदायले लामो समयदेखि भोग्दै आएका विभिन्न समस्या समेटेर तयार गरिएको नाटक ‘मासिन्या’ को नियमित मञ्चन राजधानीको नयाँ बानेश्वर थापागाउँस्थित मण्डला थिएटरमा भइरहेको छ।

यही माघ २८ गतेसम्म चल्ने उक्त नाटकमा विभेदविरुद्धको सिर्जनात्मक हस्तक्षेपलाई प्रस्तुत गरिएको छ। नाटकले सुन्दर तामाङबस्ती कसरी रित्तिँदै गएको छ भन्ने कथा प्रस्तुत गरेको छ। 

तीनजना लेखकमध्येकी एक लक्ष्मी रुम्बाले ‘मासिन्या’को रचनादेखि मञ्चन यात्राबारे जानकारी दिइन्। ‘तामाङ समुदायमा नाटकको परम्परा र अभ्यास न्यून देखिए पनि यसले टेवा पुग्ने विश्वास छ, यस नाटकमा तामाङ जीवनको सौन्दर्य, लय, डम्फु संस्कृति र परिवेशलाई चित्रण गरिएको छ, नाटकको माध्यमबाट तामाङ समुदायलाई नजिकबाट बुझ्न पाउनुहुनेछ,’ लेखक रुम्बाले भनिन्।

नाटकको निर्देशक तथा परिकल्पनाकार अभिनेता बुद्धि तामाङ र सोनाम लामा हुन्। करिब ६० प्रतिशत तामाङ कलाकार रहेको नाटक डेढ घण्टाको छ।

नाटकमा रमिला मोक्तान, विष्णु मोक्तान, रविन दोङ, सुनिल तामाङ, रोहनी लामा, शीतल थोकर, रुपेश तामाङ, इङ्गिहोपो कोइँच सुनुवारलगायत कलाकारको अभिनय रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.