|

काठमाडौं : माओत्से गुरुङ लिखित तथा निर्देशित फिल्म 'दयारानी' को ट्रेलर सार्वजनिक भएको छ। सोमबार हाइलाइटस नेपाल युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो।

पारिवारिक कथामा आधारित उक्त ट्रेलरमा दयाहाङले आफू बाबु बन्न नसक्ने तथ्य लुकाएपछि उनकी श्रीमती र परिवारले उनको दोश्रो विवाह गर्ने कुरा गरेपछिको उत्पन्न परिस्थितिलाई देखाइएको छ।

बाँसुरी फिल्मस् र माओत्से फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमालाई शैलेन्द्र ध्वज कार्कीले खिचेका छन्।

सिनेमामा दयाहाङ र दीयाका अलावा विजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङ, टिकाराम घले, शिरिषा कुँवर, नयन गुरुङ, सुर्य सुनार, राजेन्द्र थापा, सीतादेवी गुरुङ र क्रिष्टी गुरुङ लगायतका कलाकार पनि अभिनय छ।

मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बु र न्यू आइटी भेन्चरको सहकार्यमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता रामबाबु गुरुङ र अपिल विष्ट हुन्।

फिल्मलाई नेपालमा प्रचण्डमान श्रेष्ठको कम्पनी टिफल्क फिल्म्स र विदेशमा सेभेन सिज इन्टरटेनमेन्टले वितरण गर्नेछ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.