|

जनकपुर : मधेश प्रदेशका कार्यरत महिला पत्रकारले बनाएका ५ वृत्तचित्र जनकपुरमा प्रर्दशन गरिएको छ। मधेश प्रदेशमा कार्यरत ९ जना महिला पत्रकारले बनाएका वृत्तचित्र प्रदर्शन शुक्रबार गरिएको हो।

कार्यक्रममा मानवअधिकार चलचित्र केन्द्रका विष्णु खत्रीले कार्यक्रमबारे प्रकाश पार्दै ५ वटै निर्मित वृत्तचित्रका बारेमा प्रकाश पारेका थिए। ९ जना पत्रकार महिलाले झिझिया, बहिना, छटिहार, हटिया र अन्हार जिनगी नामक वृत्तचित्र निर्माण गरेका हुन्।

युएसएआईडी नागरिक र सञ्चार (सीएसएम) कार्यक्रमको मिडिया फेलोसिप च्यालेन्ज फन्ड अन्तर्गत मानवअधिकार चलचित्र केन्द्रले वृत्तचित्र निर्माणमा सहयोग गरेको हो।

कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले मानव भएकै कारण मानिसहरु रचनात्मक भएकोले समाजमा केही सन्देश दिनसक्नुपर्ने बताए। भाषासंस्कृतिमाथि आक्रमण भइरहेको तथा कतिपय लोप हुने अवस्थामा पुगेकोप्रति उनले चिन्ता व्यक्त गरे।

वृत्तचित्रमा मानव अधिकार लगायतका विभिन्न तहलाई संवेदनशील रुपमा उठाइएको र अझ पहल र सुधारको जरुरी रहेकोले यसप्रति आफ्नो तर्फबाट हुन सक्ने सक्दो पहल गर्ने प्रतिबद्धता उनको थियो।

प्रदेश सभा सासंद रानी तिवारीले कार्यक्रममा सम्बोधन गर्र्दै कार्यक्रम एकदमै महत्वपूर्ण रहेको बताइन्। जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज साहले वृत्तचित्रले मधेश प्रदेशको वास्तविकतालाई उजागर गरेको र अझ केही शोध गरेर फिल्म निर्माण गनुपर्नेमा जोड दिए।

उद्योग वाणिज्य महासंघ धनुषा शाखाका जितेन्द्र महासेठले मधेश प्रदेश मानव सूचाकांकमा पनि पछि रहेकोले वृत्तचित्रमा देखाईएका विभिन्न बेथिति सुधारमा ध्यान दिनुपर्ने बताए।

नेपाल पत्रकार महासंघ धनुषा शाखाका अध्यक्ष मनिका झाले मधेशमा पत्रकारिता गर्दै आएका पत्रकार महिलाहरुले बनाएका वृत्तचित्रले मधेशको विभिन्न पक्ष र सवालमा वास्तविकता ल्याएको बताइन्।

कार्यक्रममा द एसिया फाउण्डेसनका कार्यक्रम प्रमुख रोशन झा, राष्ट्रिय मानवअधिकार आयोग मधेश प्रदेशका प्रमुख मन्जु खतिवडा, संचारकर्मी, राजनीतीक दलका प्रतिनिधी लगायतले पनि धारणा राखेका थिए।

युएसएआईडी नागरिक र सञ्चार (सीएसएम) कार्यक्रमको मिडिया फेलोसिप च्यालेन्ज फन्ड अन्तर्गत मानवअधिकार चलचित्र केन्द्रले वृत्तचित्र निर्माणमा सहयोग गरेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.