|

काठमाडौँ : ताप्लेजुङ जिल्लाको फुङलिङ नगरपालिका परिसरमा नेपाल बैंकले सोमवारदेखि एक्सटेन्सन काउन्टर सञ्चालन गरेको छ।

बैंकले कोशी प्रदेशका स्थानीय तहमा तेस्रो काउन्टर सञ्चालनमा ल्याएको हो। उक्त काउन्टरको फुङलिङ नगरपालिकाकी उपप्रमुख भीमादेवी ओझाले उद्घाटन गरेकी थिइन्।

नयाँ स्थापित शाखामार्फत ग्राहकको खाता सञ्चालन‚ चेक सटही‚ रकम जम्मा‚ मोबाइल र डिजिटल बैकिङ लगायतका सेवा दिइने बैंकले जनाएको छ। काउन्टरमा नगरपालिकामार्फत गठन हुने उपभोक्ता समिति र व्यक्तिगत दुवै किसिमका खाता खोलिने बताइएको छ।

देशभर २२८ शाखा‚ २०४ एटिएमका साथै ५८ वटा एक्सटेन्सन काउन्टरमार्फत बैंकले सेवा पुर्‍याउँदै आएको छ। करिब २४ लाख ग्राहकलाई वित्तीय सेवा पुर्‍याइरहेको बैंकले जानकारी दिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.