|

काठमाडौं : चलचित्र ‘बोक्सीको घर’ को प्रदर्शन मिति घोषणा गरिएको छ। 

वैशाख १४ गतेबाट चलचित्र प्रदर्शनमा आउने भएको छ। अभिनेतृ केकी अधिकारी मुख्य भूमिकामा रहेको चलचित्र आठ वर्षअघि मञ्चन भएको नाटक ‘बोक्सीको घर’ मा आधारित छ। 

नाटककै लेखक एवं निर्देशक सुलक्षण भारतीले चलचित्रलाई निर्देशन गरेका छन्।  महिलालाई बोक्सीको आरोप लगाएर समाजले उनीहरूमाथि गर्ने शोषणको वरिपरि चलचित्रको कथा आधारित छ। 

चलचित्रमा केकीसँगै सुपला सापकोटा, स्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुषमा निरौला, सविन बाँस्तोलालगायतको अभिनय रहेको छ।

चलचित्रमा मुख्य गरेर कुप्रथालाई चित्रण गरिएको नायिका अधिकारीले बताइन्। अधिकारी निर्माता रहेको चलचित्रको कार्यकारी निर्माता राजकुमार घिमिरे हुन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.