|

काठमाडौँ : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संघीयता अनुकूलका कानून बनाउन ढिलो नगर्न संघीय सरकारलाई दबाब दिएका छन्।

मुख्यमन्त्री पाण्डेले संविधानमा व्यवस्था गरेअनुसार संघीय सरकारले कानून नबनाउँदा आफूहरूले सरकारजस्तो भएर काम गर्न नसकेको गुनासो गरे। शनिवार पोखरामा शुरु भएको नेपाल जग्गा तथा आवास विकास महासंघको दोसो वार्षिक महासभामा बोल्दै पाण्डेले संघीयताअनुसार तीन तहको सरकार बने पनि संघीय सरकारले समयमै कानून नबनाइँदिदा प्रदेश सरकारलाई काम गर्न अप्ठ्यारो भइरहेको बताए।

मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारले अहिले पनि संघीयतासम्बन्धी कानून निर्माण गरी अधिकार हस्तान्तरण गर्न संघीय सरकारसँग लडाइँ गरिरहनुपरेको जिकिर गरे।

उनले भने, ‘जग्गा प्राप्तिको अधिकार हामीसँग नहुँदा काम गर्न सक्ने अवस्था छैन। हामीले पटकपटक संघ सरकार र संघीय संसद्सँग यिनै बारेमा हामीले छलफल गरेका छौं। प्रधानमन्त्री, मन्त्रीहरू सबैसँग बसेर छलफल गरियो। तीन तहका सरकार बने तर त्यसलाई सञ्चालन गर्न बन्नुपर्ने कानून पर्याप्त बनेनन्।’

मुख्यमन्त्री पाण्डेले जग्गा प्राप्तिको अधिकार नपाएकाले सो सम्बन्धी काम गर्नसक्ने अवस्था नरहेको बताए। कार्यक्रममा पोखरा महानगरका मेयर धनराज आचार्यले नेपाल जग्गा तथा आवास विकास महासंघसँग मिलेर आफूहरूले पोखरालाई वातावरणमैत्री व्यवस्थित शहरको रूपमा विकास गर्न चाहेको बताए।

मेयर आचार्यले पोखरालाई हरियाली र सफा शहरको रूपमा विकास गर्न आफूहरूले निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न चाहेको बताए।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.