|

काठमाडौं : क्रिकेटर अनिल साहले एकदिवसीयमा पहिलो शतक प्रहार गरेका छन्।

क्यानडाविरुद्धको तीन एकदिवसीय श्रृंखला अन्तर्गत अन्तिम खेलमा अनिलले शतक प्रहार गरेका हुन्।

१ सय १६ बलको सामना गरेका उनले ११ चौका र एक छक्का प्रहार गरे। किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमै भएको क्यानडाविरुद्धको दोस्रो खेलमा उनले १९ बलमै अर्धशतक पूरा गरेका थिए।

तीन खेलको श्रृंखला नेपालले जितिसकेको छ। आजको खेल जितेमा नेपालले श्रृंखला क्लिनस्वीप गर्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.