मन्त्री ज्वालाको बारेमा साँझसम्म निर्णय लिन्छु

|

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्रिभुवन विश्वविद्यालयको उपकुलपति (भिसी) नियुक्त नगरिएको बताएका छन्।

प्रधानमन्त्री प्रचण्डलाई भेट्न पुगेको गोरखा पत्रकार समाजको नवनियुक्त प्रतिनिधिमण्डलसँग उनले उक्त कुरा बताएका हुन्। भिसी नियुक्तिबारेको  सञ्चारकर्मीको प्रश्नमा  प्रधानमन्त्रीले प्रचण्डले भने ‘यसमा देवेन्द्रजीले हतार गर्नुभयो, तर भिसी नियुक्ति गरिएको छैन, नियुक्त हुने प्रक्रियामै छ।

सोमबार राति माओवादी नेता देवेन्द्र पौडेलले प्राध्यापक डा चित्रबहादुर बुढाथोकी भिसी नियुक्त भएको भन्दै सामाजिक सञ्जालमा बधाई दिएपछि सोही आधारमा बुढाथोकीलाई बधाई दिनेको ओइरो लागेको छ। बागलुङका बुढाथोकी र पूर्व शिक्षामन्त्रीसमेत रहेका पौडेल बागलुङका सांसद हुन्।

प्रा डा बुढाथोकीलाई एक नम्बरमा राखेर शिक्षा मन्त्रालयको उपकुलपति सिफारिस समितिले केशरजंग बराल र टंकनाथ धमलाको नाम प्रधानमन्त्रीलाई सिफारिस गरेको छ।

यस्तै प्रधानमन्त्रीले प्रधानमन्त्री प्रचण्डले बालकुमारी घटनाको प्रतिवेदन अध्ययन गरिरहेको र आज साँझसम्म आफू कुनै निर्णयमा पुग्ने पत्रकारहरुलाई आश्वासन दिए।

गत पुस १३ गते बालकुमारीमा दुई जनाको मृत्यु हुने गरी भएको घटना जाँचबुझ गर्न सरकारले गठन गरेको आयोगले नेकपा एकीकृत समाजवादीका नेता समेत रहेका भौतिक योजना तथा निर्माण मन्त्री प्रकाश ज्वालासहित तीन जनालाई दोषी ठहर गरेपछि राजीनामा वा बर्खास्तीको चर्को आलोचना भइरहेको छ।

प्रधानमन्त्रीले उनको राजीनामा दिए आफूलाई सहज हुने संकेत गरेका छन् भने मन्त्री ज्वाला राजीनामा नदिने मुडमा पुगेका छन्। अध्यक्ष माधवकुमार नेपालले पनि तत्काल राजीनामा नदिन आग्रह गरेको बुझिएको छ। तर जनस्तरबाट राजीनामाको चर्को दबाब रहेको छ।

गत पुस १३ मा बालकुमारीमा ईपीएस परीक्षा फाराम भर्ने क्रममा युवाहरूले आन्दोलन चर्काइरहेका बेला मन्त्री ज्वाला परिस्थितिको आँकलन नै नगरी सोही बाटो हुँदै झण्डा हल्लाएर यात्रारत रहँदा स्थिति असामान्य बनेको थियो। त्यहाँ प्रहरीले गोली चलाउँदा २ युवाको ज्यान गएको थियो।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.