|

काठमाडौं : आईसीसी विश्वकप क्रिकेट लिग–टुमा नेपाल र नामिबियाबीचको खेल जारी छ। त्रिवि क्रिकेट मैदनामा जारी खेलमा कुशल मल्ल ३६ रन बनाएर आउट भएका छन्। यो सँगै नेपालको छैटौँ विकेट गुमेको छ। 

मल्लले ५२ बलमा १ चौका र तीन छक्का हाने। 

त्यस्तै,ओपनर आशिफ शेखले अर्धशतक पुरा गरेर आउट भएका थिए। उनले ६४ बल खेल्दै ८ चौका र एक छक्का हानेका थिए। हाल नेपालले  नेपालले छैटौँ विकेट विकेट गुमाएको छ। ओपनर कुशल भुर्तेल १८ रन बनाएर आउट भए लगत्तै क्रिजमा आएका अनिश साह पनि शून्य रनमा पेभिलिएन फर्किए।  त्यस्तै देव खनाल पनि शून्यमा आउट भए। कप्तान रोहित पौडेल पनि शून्यमा नै आउट भए। 

जारी सिरिजमा नेपाल लगातार दोस्रो जित हात पार्ने लक्ष्यमा छ। पहिलो खेलमा घरेलु टोली नामिबियासँग ४ विकेटले पराजित भएको थियो। आज नेपालसामु सोही हारको बदला लिने अवसर छ। दोस्रो खेलमा बलियो नेदरल्यान्ड्समाथि नौ विकेटको जित हात पार्दै नेपालले सानदार पुनरागमन गरेको छ।

नामिबियाले यसअघिको खेलमा डच टिमसँग ७  विकेटको हार बेहोरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.