|

काठमाडौं : पश्चिम एसियन फुटबल फेडेरेसन महिला च्याम्पियनसिप (वाफ) मा नेपालले  इराकविरुद्ध ५-० को फराकिलो जित निकालेको छ।

बिहीबार बेलुकी साउदी अरेबियाको किङ अब्दुल्लाह स्पोर्ट्स सिटीमा सम्पन्न खेलमा पाँचै गोल सावित्राले गरेकी हुन्। उनले पहिलो हाफमा चार र दोस्रो हाफमा एक गोल गरिन्। 

दोस्रो जितसँगै नेपाल प्रतियोगिताको क्वार्टरफाइनल नजिक पुगेको छ। यसअघि पहिलो नेपालले खेलमा सिरियालाई ४–१ ले हराएको थियो ।

लगातार दोस्रो हार बेहोरेको इराक भने समूह चरणको अन्तिम खेलअगावै बाहिरिने भएको छ । इराकले यसअघि पहिलो खेलमा प्यालेस्टाइनसँग हार बेहोरेको थियो । 
नेपालले अब शनिबार समूह चरणको अन्तिम खेलमा प्यालेस्टाइनसँग खेल्ने छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.