|

काठमाडौँ : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का महासचिव केशव झाले पार्टी अध्यक्षले पार्टी नै सिध्याउन लागेको आरोप लगाएका छन्।

लोसपाभित्र अध्यक्ष महन्थ ठाकुरले व्यक्तिवादी निर्णय गर्दा पार्टी राजनीतिक रुपमा धराशायी बनेको आरोप लगाएका हुन्। आइतवार उनले अध्यक्ष ठाकुरका कारणले पार्टी विचारशून्य बनेको आरोपसमेत लगाए। 

पार्टीभित्र पद लोपुपता, सत्ता मोह झागिँदै गएकाले इमान्दार कार्यकर्ता बस्न नसक्ने अवस्थामा पुगेको उनले बताए। महासचिव झाले आफूले धेरै कोशिस गर्दा पनि पार्टीभित्रको बेथिति निस्तेज पार्न नसकेको बताए।

पार्टी अध्यक्ष आफैँले कार्यशैली परिवर्तन नगरे ठूलो विद्रोह हुनसक्ने स्थिति पार्टीमा विकसित हुँदै गएको उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.