|

काठमाडौं : कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागमा अहिले आंशिकदेखि सामान्य बदली छ। बाँकी भागमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा छिटफुटदेखि हल्का हिमपातको सम्भावना छ।

राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा छिटपुटदेखि हल्का हिमपातको सम्भावना छ।मौसमविद् प्रतिभा मानन्धरले पानी पर्ने सम्भवना भने नरहेको जानकारी दिइन्। 

सोमबार बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ५.४ डिग्री सेल्यिस मापन भएको छ । दिउँसो अधिकतम तापक्रम २० देखि २२ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.