|

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक सुरु भएको छ। पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बैठक जारी रहेको हो।

बैठकले नयाँ बनेको गठबन्धनमा मिसिएर सरकारमा सहभागी हुने वा नहुने भन्नेबारेमा निर्णय लिने बताइएको छ। यसअघि मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको घरमा पुगेर सत्ता गठबन्धनमा सहभागी हुन आग्रह गरेका थिए। त्यस्तै, आजै कांग्रेस सभापति शेरबहादुर देउवाले प्रचण्डले धोका दिएका र उनको नेतृत्वमा हतार गरेर सरकारमा नजार नेता नेपाललाई आग्रह गरेका थिए।

नेता नेपालले उनीहरू सबैलाई पार्टीमा निर्णय गरेर मात्र आधिकारिक धारणा बनाउने जवाफ दिएका बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.