|

विराटनगर : गतराति सामाजिक सञ्जाल फेसबुकमा पोष्ट भएको भिडियो बिहानैदेखि चौतर्फी चासोको विषय बनेको छ।

विराटनगर महानगर–८ स्थित मुनलाइट गर्ल्स होस्टलकी सञ्चालकले नर्सिङ छात्रालाई अभद्र व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको हो। भिडियोमा छात्राहरूलाई अभद्र व्यवहार गरेको देख्न सकिन्छ।

सञ्चालकले अग्रिम पैसा नदिएको भन्दै नर्सिङ छात्रालाई कुटपिट गर्दै निकालेकी छिन्। छात्राहरूले एक महिनासम्मको पैसा होस्टल सञ्चालकलाई अग्रिम बुझाइसकेको पीडित छात्राहरूले बताएका छन्।

होस्टल सञ्चाल मधु रेग्मीले अग्रिम पैसा माग्दै छात्रालाई कुटपिट गरेर किताबकापी फ्याँकेको घटना सार्वजनिक भएको हो।

पीडित छात्राहरूको भनाइअनुसार रेग्मी आफू काठमाडौँ जानुपर्ने भन्दै अग्रिम रूपमा होस्टलको पैसा माग्न मंगलबार साँझ ६ बजेतिर होस्टल पुगेकी थिइन्।
नर्सिङकी विद्यार्थीले केही दिनपछि कलेजमै होस्टल व्यवस्थापन हुने टुंगो भएकाले होस्टल छाड्दै थिइन्।

कहिले छाड्ने टुंगो नभएको भन्दै अग्रिम पैसा माग्ने क्रममा अभद्र व्यवहार गरिएको पीडित विद्यार्थीहरूलाई उद्धृत गर्दै विराटनगर नर्सिङ क्याम्पसका स्ववियु सभापति प्रशंसा पौडलले जानकारी दिइन्।

पीडितको निर्णयानुसार त्यस्तो घटना नदोहोरियोस् भन्नका लागि सञ्चालकविरुद्ध उजुरी गर्न जिल्ला प्रहरी कार्यालय मोरङ पुगेको उनले जनकारी दिएकी छिन्।

भिडियोमा होस्टल सञ्चालक रेग्मीले महिना दिनको पूरै भाडा मागेको भिडिओमा देखिन्छ। विद्यार्थीले एक, दुई दिनपछि होस्टल छाड्ने र त्यति वेलासम्मको मात्रै भाडा दिने बताएकी छन्।

तर होस्टल सञ्चालक रेग्मीले महिना दिनको भाडा नदिए तत्काल निस्केर जान भन्दै कुटपिट गरेको पीडितले छलफलका क्रममा वयान दिएको स्ववियु सभापति पौडेलले जानकारी दिइन्।

होस्टलको उक्त रूममा तीन छात्रा बस्दै आएका थिए। उनीहरू विराटनगरस्थित नर्सिङ क्याम्पसको बिएनएस, बिएस्सी र नर्सिङ प्रथम वर्षमा अध्ययन गर्न आएका छात्रा हुन्।

यो विषयमा होस्टल सञ्चालक रेग्मीलाई बुझ्न खोज्दा उनको मोबाइल अफ छ भने उनले सञ्चालन गर्दै आइरहेको होस्टलको होर्डिङबोर्ड झिकिएको छ भने फेसबुक एकाउण्ट डिएक्टिभ गरिएको पाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.