|

काठमाडौँ : धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक आज (बिहीवार) करिब ५ अंकले बढेको छ। 

नेपाल स्टक एक्सचेजका अनुसार आज नेप्से परिसूचक ४ दशमलव ७८ अंकले बढेर २ हजार ३५ दशमलव ६४ मा पुगेको छ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ३६ ओरालो लागेर ३५९ दशमलव शून्य ९ मा सीमित भएको छ। 

कारोबार भएका १३ उपसमूहमध्ये ५ उपसमूहको शेयर मूल्य ओरालो लाग्दा ८ उपसमूहको शेयर मूल्यमा भने वृद्धि भएको छ।

कुल ६६ लाख १४ हजार ४४५ कित्ता शेयर २ अर्ब ६५ करोड ३३ लाख ४९ हजार ४६८ रुपैयाँ मूल्यमा कारोबार भएको छ। कारोबारका आधारमा सर्वोत्तम सिमेन्ट शीर्षस्थानमा छ। सो कम्पनीको १९ करोड ३७ लाख ६२ हजार ८६९ रुपैयाँ बराबरको कारोबार भयो।

गुर्खाज फाइनान्स १६ करोड १९ लाख ८९ हजार ५५८ रुपैयाँ, शिवम् सिमेन्ट १५ करोड ३९ लाख ३३ हजार ६४९ रुपैयाँ, सोनापुर मिनरल्स ११ करोड १८ लाख ५३ हजार १६८ रुपैयाँ र पिपल्स पावर ७ करोड ३ लाख २३ हजार १७९ रुपैयाँ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन्।

नेप्सेका अनुसार हिमालयन ऊर्जा विकास कम्पनी १०, सर्वोत्तम सिमेन्ट ९ दशमलव ९६, हिमालयन हाइड्रोपावर ८ दशमलव ७३, सामलिङ पावर कम्पनी ८ दशमलव शून्य ७ र पिपल्स पावरका लगानीकर्ताले ७ दशमलव ४४ प्रतिशतले कमाएका छन्। 

उन्नति सहकार्य लघुवित्त १०, धवलागिरि लघुवित्त १०, हिमालयन बैंकको म्युचुअल फण्ड ६ दशमलव ८०, जोशी हाइड्रोपावर ३ दशमलव ३४ र मैलुङ खोला जलविद्युत् कम्पनीका लगानीकर्ताले ३ दशमलव २८ प्रतिशतले गुमाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.