|

काठमाडौँ : ललितपुरमा हरेक वर्ष एउटा घोडा दौडाएर घोडेजात्रा मनाइन्छ। काठमाडौँको टुँडिखेलको घोडेजात्राभन्दा पुरानो मानिने यो घोडे जात्रामा एउटा मात्रै घोडामा यात्रा गरिन्छ। 

बालकुमारी ज्यापुटोलको भीमसेन गुठीले यो जात्रा सञ्चालन गर्दै आएको छ। यो जात्रालाई स्थानीयले मल्लकालदेखि चल्दै आएको भने पनि यसमा महाभारतकालीन पात्रको प्रयोग गरेर यो जात्रा मनाउने गरिन्छ। 

पाटनको मूलचोकबाट सुरु भई विभिन्न स्थान हुँदै बालकुमारी परिक्रमा गरी फेरि भोल गणेश हुँदै बालकुमारीमै घोडायात्रा फर्किन्छ। 

नगर परिक्रमापछि घोडचढीलाई गुठी संस्थानका प्रमुखले पान,सुपारी र दक्षिणा दिई बिदावारी गरेपछि ललितपुरको एकल घोडजात्रा सम्पन्न हुन्छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.