|

काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले लोकतन्त्र, संघीयता र गणतन्त्रमाथि चौतर्फी आक्रमण भइरहेकोले नेपालका राजनीतिक दलहरू यसलाई निस्तेज पार्न लाग्नुपर्ने बताएका छन्। नयाँ वर्ष २०८१ को अवसरमा शुभकामना व्यक्त गर्दै उनले राजनीतिक दलहरूमा देखिएको सत्तालिप्सा र अराजक व्यवहारले दलहरूलाई नराम्ररी जनताको कठघरामा उभ्याएको उनले उल्लेख गरेका छन्। 

राजनीति समाज सेवा तथा राष्ट्र निर्माणको अभियान भएकोले यो अभियानमा निष्ठावान, नैतिकवान र इमान्दार व्यक्तिहरू किमार्थ पछाडि पर्न नहुने नेता कोइरालाको शुभकामना सन्देशमा उल्लेख छ। राज्यका सार्वजनिक संस्थाहरूलाई दलीय राजनीतिबाट मुक्त राख्न नसके नागरिकको दृष्टिमा तीनको उपयोगिता स्थापित गर्न सम्भव नहुने उनले बताएका छन्। 

नेता कोइरालाले राज्यका सबैजसो सरकारी निकायमा व्यापक सुधारको खाँचो औँल्याएका छन्। यो सुधार प्रक्रिया अब ढिलो गर्दा लोकतन्त्रमाथिको खतरा बढेर जाने बताएका छन्।    

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.