के भयो कुरा?

|

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेबीच आज भेटवार्ता भएको छ। 

बिहीवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा तीन नेताहरुबीच भेटवार्ता भएको हो। भेटका क्रममा समसामयिक राजनीतिका साथै लगानी सम्मेलनबारे समीक्षा गरिएको उपप्रधान एवं गृहमन्त्री लामिछानेले बताए। उनले तीन नेताहरुबीच भेट नभएको लामो समय भएकाले पछिल्ला घटनाक्रमका बारेमा छलफल भएको बताए।

उनले भने, ‘सामान्य बैठक हो। हामी तीन जना नै नेताहरु बस्न पाएका थिएनौँ। भेटघाट भएको थिएन। त्यसले यो सम्पूर्ण परिस्थिति र राजनीतिक परिस्थितिको छलफल र समीक्षा गर्न बैठक बसेका हौँ। सुदूरपश्चिममा एउटा समझदारीमा गइसकेको कुरा हो। त्यसमा कहिले कहीँ पात्रको विषयलाई लिएर छलफल भएको हो। हाम्रो सहभागिता नभएकाले मेरो मत खासै रहेन।'

सो क्रममा लगानी सम्मेलन र राजनीतिक समीक्षा गरिएको बताउँदै उनले प्रदेशका समस्याले संघ सरकारमा कुनै समस्या नपर्ने बताए। सहकारी प्रकरण तातिरहेका वेला भएको भेटलाई अर्थपूणरूपमा हेरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.