कीर्तिमानको अर्को नाम हैदरवाद

|

काठमाडौं : इण्डियन प्रिमियर लिग (आइपिएल) सनराईजर्स हैदरावादले दिल्ली क्यापिटल्समाथि शानदार जित निकालेको छ।  विष्फोटक ब्याटिङ गरेको हैदरावादले दिल्लीलाई उसैको मैदानमा ६७ रनले हरायो।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हैदरावादले उत्कृष्ट ब्याटिङसहित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय ६६ रनको विशाल योगफल खडा गरेको थियो। ​

हेडले ३२ बल खेल्दै ११ चौका र ६ छक्का सहित सर्वाधिक ८९ रन बनाएका थिए भने अभिषेकले १२ बलमा २ चौका र ६ छक्काको मद्दतमा ४६ रन बनाए।

यस्तै, शाहवाज अहमदले २९ बलमा २ चौका र ५ छक्कासहित नटआउट रहँदै ५९ रन जोडे। नितिश रेड्डीले २७ बलमा ३७ रनको योगदान गरे।

दिल्लीका लागि कुलदीप यादवले ४ विकेट लिएका थिए। यस्तै मुकेश कुमार र अक्षर पटेलले समान १ विकेट लिएका थिए।

जवाफी ब्याटिङ गरेको दिल्ली १९ दशमलव १ ओभरमा अलआउट हुँदै १ सय ९९ रन मात्र  जोड्यो।  दिल्लीका लागि जेल फ्रेजर (मक्गर्कले १८ बलमा ५ चौका र ७ छक्का प्रहार गर्दै ६५ रन जोडे पनि टोलीलाई पार लगाउन सकेनन्।  कप्तान ऋषभ पन्तले  ४४ रन बनाए। अभिषेक पोरेलले ४२ रन जोडे।​

हैदरावादको जितमा थांगासु नटराजनले ४ ओभरमा १ मेडनसहित १९ रन खर्चेर ४ विकेट लिए। यस्तै मयंक मार्कण्डे र नितिश रेड्डीले २–२ विकेट लिए।

आरसिबिको कीर्तिमानी भंग

जारी आइपिएलमा सर्वाधिक चर्चाको विषय बनेको छ हैदरवादको खेल र कीर्तिमान। हैदरवादले खेलेको आफ्नो ब्याटिङ लाइनलाई आक्रमक बनाएको छ। विभिन्न कीर्तिमान बनाएको छ।

मार्च २७ गते हैदरावाद र मुम्बई इन्डियन्सबीच भएको खेलमा हैदरावादले ऐतिहासिक जित हासिल गरेको थियो। यो आइपिएलको इतिहासमा पहिलो ऐतिहासिक कीर्तिमानी जित हो।

हैदरावादको राजीव गान्धी इन्टरनेशनल स्टेडियममा भएको खेलमा सन् २०१४ मा आरसिबिले पुने वारियरविरुई बनाएको सर्वाधिक रन ब्रेक भएको थियो।  उक्त समयमा आरसिबिले २६३ रन बनाएको थियो।

२६३ रन  रेकर्ड ब्रेक गर्ने क्रममा ट्राभिस हेड, अभिषेक शर्मा र हनरिक क्लासेनले विस्फोटक पारी खेल्दै अर्धशतकीय पारी खेलेका थिए।

हेडले १८ बलमा ५० रन बनाउँदा शर्माले १६ बलमा ५० रन बनाएका थिए। त्यस्तै, क्लासेनले ३४ बलमा ८० रनको अविजित पारी खेलेका थिए। हेड र शर्माले क्रमश: ६२ र ६३ रन बनाएका थिए। मुम्बईको तर्फबाट हार्दिक पाण्डे, गेराल्ड कोएत्जी र पीयुष चावलाले एक एक विकेट लिएका थिए।

२७८ रनको विजय लक्ष्य पाएको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २४६ रन मात्रै बनाउन सफल भयो। यसरी विशाल रनको सामना गरेको मुम्बई ३१ रनले पराजित भयो। मुम्बईको तर्फबाट इशान किशन र तिलक शर्माले विस्फोटक पारी खेले पनि आफ्नो टोलीलाई जित दिलाउन सकेनन्।

आफ्नै स्कोर ब्रेक

जारी खेलमा हैदरावादले आफ्नै कीर्तिमान भंग गरेको छ।  हैदरावाद र आरसिबिको खेलमा हैदरवादले ३ विकेटको क्षतिमा २ सय ८७ रन बनाएको हो।

अप्रिल १५ मा हैदरवादले बैंगलुरुमा दुई साताअघि आफैँले बनाएको २७७ रनको रेकर्ड तोड्दै बेंगलुरुमाथि ३ विकेटको क्षतिमा २८७ रन जोडेको थियो।

हैदरावादको जितमा ओपनर ट्रेभिड हेडले शतक बनाए। हेडले ४१ बलमा १ सय २ रन बनाए।

यस्तै, हेनरिच क्लासेनले पनि आक्रामक ६७ रन बनाए। पूरा खेलमै कुल ५ सय ४९ रन बन्यो र यो पनि कीर्तिमान रह्यो। बेंगलुरुले विराट कोहलीको ४२, फाफ डे फ्लेसिस र दिनेश कार्तिकको ३५ बलमा ८३ रनको मद्धतले सात विकेटमा २ सय ६२ रन बनाएको थियो।

एकै सिजनमा तीनपटक २५० रन पार गर्ने पहिलो टिम

हैदरवादले एकै सिजनमा तीनपटक २५० कटाउने पहिलो टिमको कीर्तिमान पनि आफ्नो नाममा पारेको छ। मुम्बईविरुद्ध २६६, आरसिविविरुद्ध २८७ र दिल्लीविरुद्ध २६६ रन बनाउन सफल भएको छ।

आइपिएलमा बनेको सर्वाधिक रन

हैदरावाद र मुम्बईबीच भएको यो सनसनीपूर्ण खेलमा ३८ छक्का प्रहार भएका थिए। जसमा हैदरावादले १८ छक्का र १९ चौका र  मुम्बईले २० छक्का र १२ चौका प्रहार गरेका थिए। यो खेलमा कुल ५२३ रन बनेको थियो, जुन आइपिएलको ऐतिहासिक कीर्तिमान हो।  

यो कीर्तिमानसँगै १४ वर्ष अगाडि कीर्तिमानसमेत भंग भएको थियो। १४ वर्ष अगाडि सन् २०१० मा चेन्नाई र राजस्थानबीच भएको खेलमा ४६९ रन बनेको थियो।

तर, यो कीर्तिमानी स्कोर हैदरवाद आरसिबिबीचको खरेलमा भंग भएको थियो। उक्त खेलमा कुल ५४९ रन बनेको थियो। जसमा हैदरवादतर्फ २२ छक्का र १९ चौका प्रहार भएका थिए भने आरसिबितर्फ १६ छक्का र २४ चौका प्रहार भएका थिए।

पावरप्लेमा बनेको रेकर्ड

हैदरवादले दिल्ली विरुद्धको खेलमा नयाँ कीर्तिमान बनाएको छ। शनिबार साँझ हैदरवादले पावरप्लेमा विना विकेट गुमाउँदै १२५ रन बनाउँदै आइपिएलमा नयाँ इतिहास बनाएको छ।

आक्रमक देखिएका ओपनर अभिशेक शर्माले १२ बलमा ४६ रन बनाउँदै आउट भएका थिए। उनको स्ट्राइक रेट ३८३ रह्यो उनी आउट हुँदा हैदरवादले १३१ रन बनाएको थियो। तर दिल्लीका कुलदिप यादवको बलमा अक्षर पटेलले क्याच गरेपछि उनी पेभेलियन फर्किन बाध्य भए।

अर्का ओपनर ट्राभिस हेडले आक्रमण ब्याटिङ गरे। ३२ बलमा ८९ रन बनाएका उनले २७८ को स्ट्राइक रेटमा खेले। प्लेयर अफ द म्याच बनेका उनलाई यादवले नै आउट गर्न सफल भए।

जवाफी ब्याटिङमा आएको  दिल्ली क्यापिटल्सले आइपिएल २०२४ मा दोस्रो-उच्चतम पावरप्ले स्कोर निर्माण गर्‍यो। दुई विकेटको क्षतिमा दिल्लीले ८८ रन बनाएको थियो।

यसअघि २०१७ मा कलकत्ता नाइटाइर्डसले बैंगलुरुमा विना विकेट १०५ बनाएको थियो। यस्तै चेन्नाई सुपर किङ्सले २०१४ र २०१५ मा मुम्बईमा क्रमश दुई विकेटको क्षतिमा १०० र विना विकेटको क्षतिमा ९० रन बनाएको थियो।

विराट कोहलीलाई पछ्याउँदै ट्राभिस हेड

३५ वटा खेलमा ६ सय १८ छक्का र १०५१ चौका प्रहार भएका छन्। रन बनाउने पनि भारतिय खेलाडि अगाडि देखिसएका छन्।  आरसिबिका विराट कोहोलीले ७ म्याच खेल्दै हालसम्म ३६१ रन बनाउँदै सबैभन्दा धेरै रन बनाउने खेलाडी बनेका छन्। उनको स्ट्राइक रेट १४७ रहेको छ।

दोस्रो स्थानमा हैदरवादका हेड रहेका छन्। पछिल्ला तीन खेलमा उनी आक्रमक बनेका छन्। ६ खेलमा ३२४ रन बनाउँदै २१६ स्ट्राइक रेट रहेको छ।

तेस्रो स्थानमा राजस्थान रोयलका रियल पराग रहेका छन्। उनले ७ खेलमा उनले ३१८ रन बनाएका छन्। उनको स्ट्राइक रेट १६१ रहेको छ।

चौथोमा मुम्बई इण्डियन्सका रोहित शर्माले ७ खेलमा २९७ रन बनाएका छन्। उनको १६४ स्ट्राइक रेट रहेको छ भने पाँचौँ स्थानमा लखनउ सुपर जाइन्टका केएल राहुल रहेका छन्। उनले ७ खेलमा २८६ रन बनाएका छन्। उनको १४३ स्ट्राइक रेट रहेको छ।

सर्वाधिक विकेटमा भारतीय बलको दबदबा

हालसम्म मुम्बई इण्डियन्सका जस्विर ब्रुमाहले ७ खेलमा १३ विकेट लिँदै सर्वाधिक विकेट लिने बलर बनेका छन् भने दोस्रो स्थानमा युजवेन्द्र चाहल रहेका छन्।

राजस्थान रोयलका चाहलले ७ खेलमा १२ विकेट लिएका छन्।  तेस्रो स्थानमा मुम्बईकै जी कोट्जेले ७ खेलमा १२ विकेट लिएका छन्। चौथो स्थानमा चेन्नाई सुपर किङ्सका मुस्ताफिजुर रहमानले ६ खेलमा ११ विकेट लिएका छन्। त्यस्तै, दिल्ली क्यापिटलका कुलदीप यादवले ५ खेलमा १० विकेट लिएका छन्।

कसको स्थान कहाँ?

जारी इण्डियन प्रिमियर लिग (आइपिएल)का पहिलो चरणका खेलहरू जारी भइरहेका छन्। ३५ वटा खेल हुँदा  ६ खेलमा सर्वाधिक जित हात पार्दै राजस्थान रोयल्स अंकतालिकाको पहिलो नम्बरमा रहेको छ।

सनराइन हैदरवाद ५ जित हात पार्दै दोस्रो स्थानमा रहेको छ भने कलकत्ता नाइटाइडर्स तेस्रो,चेन्नाई चौथो, लखनउ पाँचौँ, मुम्बई छैटौँ, दिल्ली सातौँ, गुजरात आठौँ, पञ्जाव नवौँ र आरसिबि दशौँ स्थानमा रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.