|

विराटनगर : कोशी प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीले आज पद तथा गोपनीयताको शपथ लिएका छन्।

प्रदेशसभाको सचिवालय हलमा आज आयोजित समारोहमा कोशी प्रदेशसभाका सभामुख अम्बरबहादुर विष्टले नेपालको संविधानको धारा १९५ को उपधारा १ बमोजिम सचिव पराजुलीलाई शपथ गराएका हुन्।

प्रदेशसभा सचिवका रुपमा उनको पाँचवर्षे पदावधि २०८१ वैशाख ८ गते पूरा भएकामा उनलाई प्रदेश प्रमुख परशुराम खापुङले सो पदमा पुनः नियुक्त गरेका थिए। 
पराजुली विसं २०७६ साल वैशाख ९ गते कोशी प्रदेशसभाको सचिवमा नियुक्त भएका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.