|
सांकेतिक तस्वीर

काठमाडौँ : विभिन्न माग राखेर निषेधित क्षेत्रमा आन्दोलनमा उत्रिएका १६ जनालाई सिंहदरबारको दक्षिण गेटबाट प्रहरीले पक्राउ गरेको छ।

सिंहदरबारस्थित निषेधित क्षेत्रमा विरोध प्रदर्शन गरेका कारण उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए। 

उनले भने, “सिंहदरबारको निषेधित क्षेत्रमा अखिल क्रान्तिकारी विद्यार्थी सङगठनका संयोजक मिलन राई, क्रान्तिकारी युवा सङ्गठन नेपालका कार्यालय सदस्य अविनाश कुँवर र पार्टी सचिवालय सदस्य हरिकृष्ण गजुरेलको नेतृत्वमा आन्दोलन गर्ने १६ जनालाई पक्राउ गरेका छौँ।”

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.