काठमाडौं : इंडियन प्रिमियर लिग (आइपिएल) मा गुजरात टाईटन्सले पञ्जाब किंग्सलई ३ विकेटले पराजित गरेको छ।
पञ्जाबले दिएको १ सय ४३ रनको लक्ष्य गुजरातले ५ बल बाँकी रहँदा ७ विकेट गुमाएर भेट्टायो। गुजरातको जितमा राहुल तेवाटियाले सर्वाधिक ३६ रन बनाउँदै नटआउट रहे।
यस्तै कप्तान शुभमन गिलले ३५ रन बनाए भने साई सुदर्शनले ३१ रन जोडे। रिद्धिमान शाह र अजमतुल्लाह ओमारजाईले समान १३ रन जोडे।पञ्जाबका लागि हर्शल पटेलले ३, लियम लिभिंगस्टनले २ विकेट लिए।
त्यसअघि टस जितेर ब्याटिङ गरेको पञ्जाब २० ओभरमा १ सय ४२ रनमा समेटियो। पञ्जाबका प्रभसिम्रन सिंहले सर्वाधिक ३५ रन बनाउँदा हरप्रित ब्रारले २९ रन जोडे। यस्तै स्याम करनले २० तथा हरप्रित सिंहले १४ रन बनाए।
गुजरातका साई किशोरले ५ विकेट लिए। मोहित शर्मा र नूर अहमदले २-२ र रशिद खानले १ विकेट लिए ।
जितपछि गुजरात ८ खेलमा ८ अंक सहित छैटौं र पन्जाब ८ खेलमा ४ अंक सहित नवौं स्थानमा छ। आइतबार नै भएको पहिलो खेलमा कोलकता नाइट राइडर्सले रोयल च्यालेन्जर्ज बैंगलुरुमाथि १ रनको रोमाञ्क जित निकाल्यो।
आइपीएलमा आज राजस्थान रोयल्स र मुम्बई इंडियन भिड्ने छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।