|

काठमाडौं : काठमाडौं उपत्यका सहित देशका धेरै ठाउँमा गर्मी बढेको छ। काठमाडौंको तापक्रम दुई चार दिन यता ३१/३२ डिग्री सेल्सियससम्म पुगेको छ भने तराईका जिल्लामा ४०/४२ डिग्री सेल्सियससम्म पुगेको छ।

काठमाडौंको तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियससम्म पुग्न सक्ने अनुमान गरिएको छ। बढ्दो गर्मी को कारणले वायुमा पनि असर गरि तातो हावा चलिरहेको छ। तातो हावाले वायु प्रदूषण हुने र यसले बालबालिका, वृद्धवृद्धा र विरामीको श्वासप्रश्वासमा असर गर्ने चिकित्सकहरू बताउँछन्।

गर्मीको बेला शरीरमा पानीको अभाव हुँदा स्वास्थ्य समस्या देखिने र डिहाइड्रेशन समेत हुनसक्ने चिकित्सकको भनाइ छ। गर्मीको समयमा पानीसँगै प्रशस्त पानी पाइने फलफूल र तरकारी खाने तथा प्रशस्त पानी पाइने फलफूल खर्बुजा, मेवा, गोलभेँडा, मुला, गाजर जस्ता शरीरलाई शीतल दिने फलफूल र तरकारी खानु पर्ने विज्ञहरूको सुझाव छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.