|

काठमाडौँ : कतारका अमीर (राजा) शेख तमिम बिन हमाद अल थानी पहिलोपटक आज नेपाल भ्रमणमा आउन लागेका छन्। कतारबाट पहिलोपटक नेपालमा हुन लागेको उच्चस्तरीय भ्रमणमा कतारले नेपालको स्वास्थ्य क्षेत्रको विकासको लागि पनि सहयोग गर्ने इच्छा देखाएको हुँदा तदनुरूपको तयारी अघि बढाइएको छ।

कतारले विशेष गरी बाल स्वास्थ्यको क्षेत्रमा ९ अर्ब बराबरको सहयोग गर्न चाहेको र  तदनुरूपको प्रस्ताव पेश गर्न अनुरोध गरेको बताइएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीले कतारलाई सरकारी सेवातर्फ केन्द्रीय बाल अस्पतालको रूपमा रहेको नेपालकै पुरानो बाल अस्पताल कान्ति बाल अस्पताललाई सुपरस्पेसियालिटीको बाल अस्पताल बनाउने नेपाल सरकारको प्रस्तावलाई सहयोग गर्न सहयोग गर्न मुख्य प्रस्तावसहित अन्य ठूला अस्पतालको पूर्वाधार विकासमा सहयोग गर्न, टेलिमेडिसिन सेवा लगायत स्वास्थ्य क्षेत्रमा सहयोग गर्न प्रस्ताव पठाएको छ।

यी प्रस्ताव स्वीकृत भएर सम्झौता हुन्छ भन्ने विषयम अहिलेसम्म निष्कर्षमा नपुगेको मन्त्रालयको समन्वय महाशाखा प्रमुख डा. दासले बताए।

समन्वय महाशाखा प्रमुखका डा दासले भने‚ ‘कान्ति बाल अस्पताललाई सुपरस्पेसियालिटीको बाल अस्पताल बनाउने नेपाल सरकारको प्रस्तावलाई सहयोग गर्न सहयोग गर्न मुख्य प्रस्ताव सहित अन्य ठूला अस्पतालको पूर्वाधार विकासमा सहयोग गर्न, टेलिमेडिसिन सेवा लगायत स्वास्थ्य क्षेत्रमा सहयोग गर्न सकिने खालको खाका, अर्थ तथा परराष्ट्र मन्त्रालयलाई यसअघि पठाइसकिएको छ तर अब कुन प्रस्ताव स्वीकृत भएर आउँछ भन्ने कुरा सम्झौता भएपछि मात्रै थाहा हुन्छ।’

कान्ति अस्पताललाई सुपरस्पेसियालिटी सहितको सेवा विस्तार गर्ने स्वास्थ्य मन्त्रालयको पुरानो र महत्त्वाकांक्षी योजना भए पनि हालसम्म पर्याप्त बजेट नहुँदा यो योजना अघि बढ्न सकेको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.