|

काठमाडौं : नेपालीको श्रम गन्तव्य मुलुक मलेसियाले यही वैशाख ९ गतेदेखि औपचारिक क्षेत्रमा विदेशी श्रमिक नलिने निर्णय गरेको छ। 

केही दिनअघि आप्रवासी श्रमिकलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको मलेसियाको गृह मन्त्रालयले वैशाख ९ अथवा अप्रिल २१ तारिखदेखि पूर्णरूपमा विदेशी श्रमिक नलिने निर्णय गरेको हो। 

बुधबारको गोरखापत्र दैनिकमा समाचार छ, मलेसिया सरकारले आफ्नो निर्णयबारे नेपाल सरकारलाई औपचारिक जानकारी नगराए पनि मलेसियाका आधिकारिक वक्तव्यमा विदेशी श्रमिक नलिने भनिसकेकाले यसको सिधा असर नेपालमा पर्ने देखिएको छ। 

मलेसियाका गृहमन्त्री सेरी सैफुद्दिन इस्माइलले आप्रवासी श्रमिकको आगमनलाई नियमन गर्ने सरकारको निर्णय भएकाले मार्च अप्रिल २१ तारिखपछि आप्रवासी श्रमिक नलिइने बताएका थिए। मार्च २१ पछि सधैँका लागि नलिने वा निश्चित समयपछि फेरि खुलाउने भन्ने विषयमा मलेसियन सरकार अहिलेसम्म बोलिसकेको छैन। 

नेपालसहित विभिन्न १५ वटा मुलुकबाट मलेसियाले श्रमिक लिने गरेकामा नेपाली श्रमिकको प्रमुख गन्तव्य मलेसियामा त्यहाँको सरकारले विदेशी श्रमिक रोक्ने निर्णयले नेपाललाई असर पर्ने देखिएको हो।

मलेसियाको श्रम शक्ति करिब एक करोड ७० लाख छ भने त्यसमा नेपाली श्रमिकको सङ्ख्या करिब पाँच लाख रहेको तथ्यांकले देखाएको छ। 

सरकारी नीति अनुसार त्यसको १५ प्रतिशत अर्थात् २५ लाख ५० हजार आप्रवासी श्रमिकलाई अवसर दिइने छ तर अहिले नै २१ लाख ३० हजार ९३१ आप्रवासी मलेसियामा कार्यरत छन्। त्यसमध्ये पाँच लाखको हाराहारीमा नेपाली श्रमिक छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.