|

बझाङ : बझाङ प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ को म​तगणना जारी छ। पछिल्लो सार्वजनिक मत परिणामअनुसार छविसपाथिभेरा गाउँपालिकाको वडा नम्बर १ र २ को मत गणना भइसक्दा एमालेका उम्मेदवार दमन भण्डारीले ७५७, कांग्रेसका उम्मेदवार अभिशेक सिंहले ३८०, माओवादी केन्द्रका उम्मेदवार जनक बुढाले २२६ र एकीकृत समाजवादीका दिलबहादुर सिंहले ११५ मत पाएका छन्। त्यस्तै, राप्रापाका उम्मेदवारले ९ मत पाउँदा २८ मत भने बदर भएका छन्।

शनिबार सम्पन्न उपनिर्वाचनको मत गणना भइरहेको छ। तारबारभित्र मतगणना भइरहेको अवस्था छ भने मतगणना स्थलमा समर्थकहरूको चहलपहल बढेको छ। त्यस्तै, बाक्लो मात्रामा सुरक्षाकर्मीहरू परिचालन गरिएका छन्।

 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.