काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहालले ९८ प्रतिशत जनसंख्यामा विद्युतको पहुँच पुगेको बताएका छन्। आइतवार काठमाडौँको चन्द्रागिरिमा मस्र्याङ्दी—काठमाडौँ २२० केभी प्रशारण लाइन तथा मातातीर्थ २२० केभी सवस्टेशनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।
उनले आगामी एकदेखि डेढ वर्षभित्र देशलाई पूर्ण रुपमा विद्युतीकरण घोषणा गर्ने गरी सम्पूर्ण तयारी भइरहेको पनि जानकारी दिए।
उनले उत्पादित जलविद्युत देशभित्र नै खपत गर्ने गरी विद्युत खपत वृद्धिसम्बन्धी कार्ययोजना मन्त्रिपरिषद्बाट पारित गराएर कार्यान्वयनमा ल्याइरहेको बताए।
प्रधानमन्त्री दाहालले विद्युत खपत्को महत्वपूर्ण मानिएको यातायात क्षेत्रमा अहिले विद्युतीय सवारीसाधन प्रयोग देशभर विस्तार भइरहेको र पेट्रोलियम पदार्थको आायतमा पनि गिरावट ल्याएको बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।