|

बझाङ : बझाङ प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ को म​तगणना जारी छ।

पछिल्लो सार्वजनिक मत परिणामअनुसार एमालेका उम्मेदवार दमन भण्डारीले १४०१, कांग्रेसका उम्मेदवार अभिषेक सिंहले ७७१, माओवादी केन्द्रका उम्मेदवार जनक बुढाले ७५० र एकीकृत समाजवादीका दिलबहादुर सिंहले ४३६ मत पाएका छन्।

त्यसैगरी राप्रापाका उम्मेदवारले २४ मत पाउँदा ७७ मत बदर भएका छन्। बझाङमा अहिलेसम्म ३४७१ मत गणना भएको छ।

शनिबार सम्पन्न उपनिर्वाचनको मत गणना भइरहेको छ। तारबारभित्र मतगणना भइरहेको अवस्था छ भने मतगणना स्थलमा समर्थकहरूको चहलपहल बढेको छ। बाक्लो मात्रामा सुरक्षाकर्मीहरू परिचालन गरिएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.