काठमाडौं : बझाङ प्रदेश सभा १ मा गणना जारी रहँदा नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले १२५ मतान्तरको अग्रता बनाएका छन्।
सिंहले नौ हजार ४६८ मत ल्याउँदा नेकपा एमालेका दमनबहादुर भण्डारीले नौ हजार ३४३ मत प्राप्त गरेका छन्।
अर्का उम्मेदवार माओवादी केन्द्रका जनकबहादुर बुढाले ३ हजार ५८७ मत ल्याएका छन्। एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ३७३ मत ल्याएका छन्।
यहाँ अहिलेसम्म साढे २५ हजारभन्दा बढी मत गनिएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।