|
सांकेतिक तस्वीर

गोलबजार : सिरहामा ३ वर्षीया बालिकाको हत्या अभियोगमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ।

सिरहा नगरपालिका—१८ जरुवा लक्ष्मिनियाँ टोलका रमेश यादवकी ३ वर्षीया छोरी रिया कुमारीको हत्या अभियोगमा छिमेकी ४७ वर्षीया सोनादेवी र उनकी छोरी पूजाकुमारी यादवलाई पक्राउ गरी आज सार्वजनिक गरिएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न भएको आशंका गरिएका सोनादेवीका पति धनिकलाल यादव भने फरार रहेका छन्। 

गत बुधवार विहानदेखि हराइरहेकी रियाको शव खोजतलासका क्रममा दुई दिनपछि शुक्रवार राति छिमेकी धनिकलाल यादवको घरमा फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मुक्तिनाथ सापकोटाले जानकारी दिए।

दुई परिवारबीच घरायसी झगडा हुँदै आएकाले सोही रिसइबीका कारण बालिकाको हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.