|

गुल्मी : वनमा डढेलो लगाएको आरोपमा दुई जना पक्राउ परेका छन्। जिल्लाको रेसुंगा नगरपालिका-७ सिस्न्यारा पातल सामुदायिक वनमा डढेलो लगाउने दुईजना पक्राउ परेका हुन्।

रेसुंगा नगरपालिका वडा नम्बर ७ का ३८ वर्षीय राजकुमार पन्थी क्षेत्री र ४१ वर्षीय राजु जिसी पक्राउ परेको डिभिजन वन कार्यालय कार्यालय गुल्मीका डिभिजन वन अधिकृत पंकजकुमार ठाकुरले जानकारी दिए। 

कार्यालयले मंगलबार गरेको पत्रकार भेटघाट कार्यक्रममा ठाकुरले उनीहरूमाथि वन ऐन २०७६ अनुसारको मुद्दा दर्ता गरेको जानकारी दिए। आरोपी दुवै जनाले सामुदायिक वनमा आगो लगाएको स्वीकार गरेको उनको भनाइ छ।

उनीहरू नेटा बजारबाट आइतबार पक्राउ परेका हुन्। उनीहरू गत ७ गते आगो लगाएर फरार भएका थिए।

वन ऐन २०७६ अनुसार वनमा डढेलो लगाउनेलाई  तीन वर्ष कैद र ६० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ। 

गाउँमा बस्ती रित्तिँदै गएको र झाडी बढ्दै जाँदा आगलागीका घटना बढिरहेको निमित्त वन अधिकृत ठाकुरले बताए। उनले सल्लाका रुख काट्ने बहस भइरहेको भन्दै केही नहुने ठाउँमा सल्ला भएकोले सल्ला काट्नुको साटो सल्लीपलर (सल्लाका पात) सफा गर्दा समस्या समाधान हुने बताए। 

सूचना दिनेलाई उचित पुरस्कार

आगो लगाएको सुराकी दिने व्यक्तिलाई गोप्यरूपमा पुरस्कार प्रदान गर्ने डिभिजन वन कार्यालय गुल्मीले जनाएको छ। 

वनमा आगो लगाएको सूचना दिनेलाई उचित पुरस्कारको व्यवस्था गरेको भन्दै ठाकुरले सबैको सहयोगले मात्रै अगाडि बढ्नसक्ने बताए। जिल्लामा आगालागीका घटना न्यूनीकरण गर्न जनचेतनामूलक प्रचार सामग्री सञ्चारमाध्यमबाट प्रकाशन तथा प्रसारण गरेको उनले जानकारी दिए।

दुई हजार २० हेक्टर वन नष्ट

जिल्लाका १२ वटै स्थानीय तहमा रहेका सामुदायिक वनमा लागेको डढेलोका कारण दुई हजार २० हेक्टर वन नष्ट भएको डिभिजन वन कार्यालय गुल्मीले जनाएको छ। 


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.