|

बेनी : काठमाडौँको अनामनगरस्थित लिबर्टी कलेजबाट शैक्षिक भ्रमणमा आएका विद्यार्थी सवार बस मंगलवार (आज) मुस्ताङको कागबेनीमा दुर्घटना हुँदा २१ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार मुक्तिनाथ दर्शन गरी जोमसोमतर्फ फर्कँदै गरेको  ३–०१–००६ ख ६२२ नम्बरको बस वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीस्थित सेल्फिडाँडामा दुर्घटना भएको हो।

बसको ब्रेक फेल भई सडकमा पल्टिएको मुस्ताङका प्रहरी प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेले जानकारी दिए।

प्रनाउ पाण्डेका अनुसार घाइते हुनेमा काठमाडौं कीर्तिपुरकी प्रतीक्षा खड्का, भक्तपुर चाँगुनारायणकी विन्दा दहाल, सिरहा लहानका आदेश आचार्य, भक्तपुर मध्यपुर ठिमीका अनुज न्यौपाने, सिरहा गोलबजारकी ज्योति साह, गुल्मी रुरुकी समीक्षा ज्ञवाली रहेका छन्।

त्यसैगरी दुर्घटनामा परी सुनसरी हरिनगरका निशान रसाइली, धनुषा धनगढीका सुरजकुमार परियार, बर्दिया मधुवनका सुवास नेपाल, काभ्रे तेमालका सौगात त्रिपाठी, सर्लाही कौडैनाका साहुल साह, काठमाडौंका साइरस तामाङ, भक्तपुर सूर्यविनायकका अनामिका सुवार, धनुषा जनकपुरका दीपककुमार निधि, सर्लाही हरिवनका निरञ्जन साह र डोटी शिखर नगरपालिकाका रोहित बलायर घाइते भएका छन्।

यस्तै काठमाडौं एयरपोर्टकी अनामिका थापा, कैलाली गोदावरीका ध्रुवराज जोशी, भोजपुर भोजपरनका पेसल बस्नेत, महोत्तरी जलेश्वरकी रम्मा कुमारी, पाँचथर कुम्मायका आदेश लावती घाइते भएका र उनीहरूको जिल्ला अस्पताल मुस्ताङमा उपचार भइरहेको जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.