|

सुर्खेत : डोल्पाका पाटनहरुमा यार्सागुम्बा चोर्न गएका ४८ जना पक्राउ परेका छन्।

डोल्पाका कागमारा, कुनासा, टाङ्ग टुङ्गेलगायतका यार्सा पाटनहरुबाट पक्राउ गरिएको शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज डोल्पाका सूचना अधिकारी तथा रेन्जर यज्ञराज रोकायाले जानकारी दिए। 

शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जअन्तर्गत डोल्पा जिल्लाभरि ७ वटा चेकपोष्ट र मुगु जिल्लामा २ वटा चेकपोष्ट रहेको रोकायाले बताए।

विभिन्न स्थानबाट पक्राउ परेकाहरुमा जाजरकोट जिल्लाका ६ जना, मुड्केचुला गाउँपालिका डोल्पाका १९ जना र जगदुल्ला गाउँपालिकाकै २३ जनालाई पक्राउ गरिएको छ।

पक्राउ परेका सबैलाई निकुञ्जको कार्यालयमा निगरानीमा राखिएको छ।

यो वर्ष डोल्पाका यार्सा पाटन आगामी जेठ १० गते खुल्ला गर्ने जिल्लास्तरीय सरोकारवालाको बैठकले निर्णय गरेको थियो।

तर सर्वदलीय सरोकारवालाको निर्णयभन्दा अगाडि नै पाटनमा पुगेर अवैध रुपमा यार्सागुम्बा संकलन गरेपछि उनीहरुलाई पक्राउ गरिएको निकुञ्जले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.