|

बैतडी : नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले राजनीतिले मात्रै  देश नबन्ने बताएका छन्। आजदेखि बैतडीको दोगडाकेदार गाउँपालिकामा सुरु भएको साहित्य सम्मेलन तथा नेपाल भारत गोष्ठीमा बोल्दै उनले राजनीतिले मात्रै देश सम्बृद्ध नहुने बताए। 

नयाँ पुस्ता राजनीतिप्रति असन्तुष्ट र निराशा रहेको बताउदै उनले हरेक देशले कठिनलाईले सफलता प्राप्त हुने बताए। 'आजको अमेरिका बेलायत, चीन निकै कठिन परिस्थितिले अगाडि बढेर सम्बृद्ध बनेका हुन्', उनले भने, 'राजनीतिले मात्रै देश बन्दैन। समाजमा आशावादी जगाउन काम हुन आवश्यक छ। कुनै पनि देश गन्तव्यमा पुग्ने सपनाका साथ अगाडि बढ्नुपर्छ। सपना जगाइराख्नुपर्छ।'

उनले पहिचानको राजनीति गर्न नहुनेमा जोड दिए। नेता ज्ञवालीले मौलिकतालाई आधुनिकतासंग जोड्न आवश्यक रहेको पनि औँल्याए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.