|

रसुवा : चालु आवमा रसुवामा सम्बन्धविच्छेदका मुद्दा बढेका छन्। जिल्ला अदालतमा गत आर्थिक वर्षभर ४५ वटा सम्बन्धविच्छेदका मुद्दा दर्ता भएकोमा चालु आवको नौ महिनामा ८१ वटा मुद्दा परेका छन्। 

जिल्ला अदालतका श्रेस्तेदार मुना अधिकारीका अनुसार आव २०७७/७८ मा २९, २०७८/७९ मा ३६ र आव २०७९/८० मा ४५ वटा सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका थिए। अधिकांश सम्बन्धविच्छेद मुद्दा श्रीमतीले दायर गरेका छन्। केही पुरुषले दर्ता गराएका छन्।

वैदेशिक रोजगारीमा गएका महिला तथा पुरुषबाट नै अधिकांश मुद्दा दर्ता भएका छन् । 

जिल्लामा चालु आवमा एक हजार २०० जनाले राहदानी लिएका छन् ।  जिल्ला प्रशासन कार्यालयले सेवाग्राहीलाई सहज रूपमा राहदानीलगायत सेवा प्रवाह गरिएको जनाएको छ । राहदानी जारी गरेबापत राज्यकोषमा रु छ लाख दाखिला भएको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.