|

काठमाडौं : टी–ट्वेन्टी सिरिजको चौथो खेलमा वेष्टइण्डिज ‘ए’ ले नेपाललाई जितका लागि २ सय १० रनको चुनौती दिएको छ।

टस हारेर पहिला ब्याटिङमा तानिएको वेष्टइण्डिजले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय ९ रन बनाएको हो।

उसका आन्द्रे फ्लेचर र जोन्सन चार्ल्सले अर्धशतकीय पारी खेले। ५४ बल खेलेका फ्लेचर ८४ रनमा अविजित रहे। उनले ९ चौका र ४ छक्का प्रहार गरे।

चार्ल्सले ५८ रनको योगदान गरे। ३० बल खेलेका उनले ६ छक्का र ३ चौका हिर्काए। फाबिआन एलेनले आउट नभई ३३ रन बनाए।

नेपालका कुशल भुर्तेलले २ र प्रतिस जिसिले एक विकेट लिए। पाँच खेलको सिरिजका लागि नेपाल भ्रमणमा आएको वेष्टइण्डिज ए २–१ ले अगाडि छ । पहिलो खेलमा ४ विकेटको जित निकालेको नेपाल दोस्रो खेलमा १० र हिजो भएको तेस्रो खेलमा ७६ रनले पराजित भएको थियो ।

यी दुईबीचको पाँचौँ तथा अन्तिम खेल शनिबार हुनेछ । आगामी जुनमा आयोजना हुने आईसीसी टी–ट्वेन्टी विश्वकपको तयारीका क्रममा नेपाल र वेष्टइण्डिज एबीच मैत्रीपूर्ण खेल भइरहेको हो।

विश्वकप जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजना हुँदैछ। विश्वकपमा नेपाल समूह ‘डी’ मा छ। जसमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्याण्ड्स छन्। वेष्टइण्डिज समूह ‘सी’ मा छ । यो समूहमा न्युजिल्यान्ड, अफगानिस्तान, पपुवा न्यु गिनी र युगान्डा छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.