|
फाइल फोटो

काठमाडौं : टी–ट्वेन्टी सिरिजको चौथो खेलमा वेष्टइण्डिज ‘ए’ विरुद्ध नेपालका कुशल भुर्तेल एक रन बनाएर आउट भएका छन्।

त्रिवि क्रिकेट मैदानमा २ सय १० रनको लक्ष्य पछ्याइरहेको नेपालले पाँचौं ओभरमा दोस्रो विकेटका रुपमा भुर्तेललाई गुमाएको हो। यसअघि ओपनर आशिफ शेख शून्यमा आउट भएका थिए।

आजको खेल हारे नेपालले एक खेल अघि नै श्रृंखला गुमाउनेछ।

टस जितेर पहिला ब्याटिङमा आएको वेष्टइण्डिजले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय ९ रन बनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.