|

काठमाडौं : वेष्टइण्डिज ‘ए’ विरुद्ध टी–ट्वेन्टी सिरिजको चौथो खेलमा नेपालले पाँचौँ विकेट गुमाएको छ।

क्याप्टेन रोहित पौडेल ८२ रन बनाएर आउट भएका हुन्। आक्रामक ब्याटिङ गरेका रोहितले ४७ बल खेल्दा ७ चौका र ५ छक्का प्रहार गरे।

रोहित ह्याडेन वाल्सको बलमा म्याथ्यु फोर्डमार्फत क्याच आउट भएका हुन्।

यसअघि नेपालका सन्दीप जोरा १९ रन बनाएर आउट भएका थिए।

ओपनर आसिफ शेखलाई शून्यमा गुमाएको नेपालले त्यसपछि लगातार दुई विकेट गुमाएको थियो। कुशल भुर्तेल एक र कुशल मल्ल ४ रनमा आउट भएका थिए।

त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपाल २ सय १० रनको विशाल लक्ष्य पछ्याइरएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.