काठमाडौँ : सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको उपकुलपति पदमा प्राडा हेमराज पन्त नियुक्तभएका छन्।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको संयोजकत्वमा गठित समितिको सिफारिसमा प्रधानमन्त्री एवम् कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्राडा पन्तलाई उपकुलपति पदमा नियुक्त गरेका हुन्।
सिफारिस समितिले प्राडा पन्तसहित तीन जनाको नाम प्रधानमन्त्री एवम् कुलपतिसमक्ष पेश गरेको बताइएको छ।
(((
तपाईंको ईमेल गोप्य राखिनेछ ।