|

काभ्रेपलाञ्चोक : वनमा आगो लगाएको अभियोगमा पाँचजना  पक्राउ परेका छन्। 

पाँचखाल नगरपालिका–५  रातमाटे सामुदायिक वनमा आगो लगाएको अभियोगमा मण्डनदेउपुर नगरपालिका–११ का ३१ वर्षीय मैते तामाङ, २५ वर्षीय विकास भुजेल र सविन सुनार पक्राउ परेका हुन्। यस्तै नमोबुद्ध नपा–१ को कासकोट सामुदायिक वनमा आगो लगाएको अभियोगमा ८० वर्षीय आइतीमाया तामाङ र चौँरीदेउराली गाउँपालिका–६ को आरुबोट सामुदायिक जङ्गलमा आगो लगाएको आशङ्कामा ४९ वर्षीय लालकुमार सेन ठकुरीपक्राउ परेका हुन्।

पक्राउ परेका पाँचमध्ये आइतीमायालाई हिरासतमुक्त गरिएको र अन्यलाई  मुद्दा चलाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले  जानकारी दिए।

डढेलो मानवबस्तीमा पस्दा रोशी, महाभारत र खानीखोला गाउँपालिकाका विभिन्न ठाउँमा क्षति भएको छ। रोशी गाउँपालिका-४ सानोपोटा गाउँका १५ घर नष्ट हुँदा रु दुई करोड २६ लाख ३० हजार बराबरको क्षति भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.