|

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट निर्माणको कामलाई अन्तिम चरणमा पुर्‍याएको बताएका छन्।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको २२औँ स्थापना दिवसको अवसरमा अवसरमा आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले सरकारले आगामी आर्थिक वर्षको नीति र कार्यक्रम निर्माणको अन्तिम तयारीमा जुटेको र बजेट वक्तव्यको तयारी पनि अन्तिम चरणमा पुर्‍याएको बताएका हुन्।

प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री दाहालले सरकारले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका मागहरु सम्बोधन गर्ने आश्वासन दिए। उनले आम नागरिकलाई गुणस्तरीय सेवा पुर्‍याउने राष्ट्रिय आवश्यकतालाई सम्बोधन गर्न पनि सो प्रतिष्ठान सफल हुने विश्वास व्यक्त गरे।

प्रधानमन्त्री दाहालले वीर अस्पताललाई आम नागरिकको आशा र भरोसा केन्द्र बनाउन आवश्यक चिकित्सकीय जनशक्ति, उपकरण तथा बजेटको व्यवस्थामा सरकारले प्राथमिकता दिने पनि बताए।

उनले भने, ‘नेपालको संविधानले स्वास्थ्यको हकलाई जनताको मौलिक हकको रुपमा प्रत्याभूत गरेको अवस्थामा आम नागरिकलाई गुणस्तरीय सेवा पुर्‍याउन राज्यको प्रमुख भूमिका हुनेतर्फ प्रतिष्ठानको भूमिका महत्वपूर्ण रहनेछ। प्रतिष्ठानले आफ्नो कार्यलाई अझ बढी निरन्तरता दिने, क्षमता बढाउने र उच्चस्तरीय अध्ययन र अनुसन्धानलाई विशेष ध्यान दिई राष्ट्रिय आवश्यकतालाई सम्बोधन गर्ने छ भन्ने मैले विश्वास लिएको छु। यतिबेला सरकार अर्को वर्षको नीति, कार्यक्रम र बजेटको अन्तिम तयारीमा जुटिरहेको छ।'

प्रधानमन्त्री दाहालले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले अध्ययन र अनुसन्धानलाई विशेष ध्यान दिई स्वास्थ्य क्षेत्रको आवश्यकता सम्बोधन गर्न पनि उल्लेखनीय योगदान पुर्‍याउने सरकारको अपेक्षा रहेको बताए। वीर अस्पताललाई आम नागरिकको आशा र भरोसाको केन्द्र बनाउन आवश्यक चिकित्सकीय जनशक्ति, उपकरण तथा बजेटको व्यवस्थामा सरकारले प्राथमिकता दिने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.