|

काठमाडौं :  कीर्तिपुरमा बस दुर्घटना भएको छ। 

काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानी पोखरीका प्रवक्ता एसएसपी  दिनेशराज मैनालीले कीर्तिपुरबाट रत्नपार्क चल्ने बा.३ ख. २०२७ नं.को यात्रुवाहक कीर्तिपुर आयुर्वेदिक अस्पताल अगाडि दुर्घटना भएको बताए। 

 दुर्घटनामा  एकजनाको मृत्‍यु भएको  उनले बताए।  मैनालीका  अनुसार दुर्घटनामा घाइते भएका ३ जनाको अस्पतालमा उपचार भइरहेको छ ।

बस दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको मैनालीले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.