काठमाडौँ : जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटेर बनेको अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) निर्वाचन आयोगमा दर्ता भएको छ।
उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल विभाजन गरेका राईले आफ्नै नेतृत्वमा नयाँ दल दर्ता गराएका हुन्। उनले आइतबार आयोगमा दल दर्ताका लागि आवेदन दिएकामा आजै दल दर्ता भएको हो।
आयोगले राजनीतिक दलसम्बन्धी ऐन र नियमावलीका आधारमा जनता समाजवादी पार्टी नामक दल दर्ता गरी अभिलेखीकरण गर्ने निर्णय गरेको आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेयले जानकारी दिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।