अछाम : चट्याङ लागेर रामारोशन गाउँपालिका-७ मेलकाटियामा बालकको मृत्यु भएको छ। स्थानीय कमल भण्डारीका छोरा ६ वर्षीय गौरवको ज्यान गएको हो।
सोमबार राति हुरीबताससँगै परेको चट्याङ लागेर उनको मृत्यु भएको पूर्ववडाध्यक्ष खड्कबहादुर भण्डारीले जानकारी दिए।
चट्याङले एकै परिवारका तीन घाइते, घर नष्ट
यसैबीच, डडेल्धुरामा चट्याङले एकै घरका तीनजना घाइते भएका छन् भने घर पूर्णरूपमा नष्ट भएको छ।
सोमबार बेलुका परेको चट्याङले अमरगढी नगरपालिका–३ कोटेउडाका देवराज पाण्डेय, श्रीमती चन्द्रावतीदेवी र छोरा दिपेश घाइते भएका हुन्।
स्थानीय विष्णु पाण्डेयका अनुसार उनीहरूको अवस्था सामान्य छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।