|

रूपन्देही : अनलाइन फेयर प्ले बेटिङ साइट जुवा (सट्टावाजी) मा संलग्न रहेको अभियोगमा भारत राजस्थान हनुमाननगर मस्तवानी हर्ड पंचायत बस्ने २१ वर्षीय भीम सेनसमेत १३ जना भारतीय नागरिकहरूलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

बुटवल उपमहानगरपालिका-११ कालिकानगरस्थित एक घरको पहिलो र दोस्रो तला भाडामा लिई अनलाइन फेयर प्ले बेटिङ साइट संचालन गरेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीले  विभिन्न कम्पनीका ल्यापटप १३ थान, विभिन्न कम्पनीका मोबाइल सेट ३९ थान लगायत अन्य विद्युतिय उपकरणहरू बरामद गरेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.