|

काठमाडौँ : पार्टी विभाजनको मारमा परेको जनता समाजवादी पार्टी (जसपा), नेपालले सरकारलाई दिएको समर्थनलाई निरन्तरता दिने भएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल र उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री समेत रहेका जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवबीच मंगलवार बिहान बालुवाटारमा भेटवार्तामा पनि सरकारलाई दिइएको समर्थनलाई निरन्तरता दिने निष्कर्षमा पुगिएको पार्टीका प्रवक्ता मनीष सुमनले बताए।

उनले सरकारमा आफूहरू रहेको र त्यसलाई निरन्तरता दिएर जाने बताए। वर्तमान सत्ता गठबन्धनको जग आफूहरूले बनाएकाले पनि सरकारलाई निरन्तरता दिने कुरामा आफूहरू प्रतिबद्ध रहेको प्रवक्ता सुमनको भनाइ थियो। उनले पार्टीबाट फुटेर गएकाहरूले बरु सरकारबाट हट्न सक्ने जिकिर गरे।

उनले भने, ‘आजै बिहान अध्यक्ष उपेन्द्र यादव र प्रधानमन्त्रीबीच बालुवाटारमा भेट भएको हो। प्रचण्डले तपाईंहरूको समर्थन हामीलाई रहिरहोस् भनेर पुनर्ताजगी गर्नुभयो। पार्टीका तर्फबाट पनि प्रधानमन्त्रीलाई दिइएको समर्थन निरन्तर रहनेछ। हामी सरकारसँगै छौं। फुटेर जानेहरू टुट्न सक्छन्। हामी त छँदै छौं।’

अध्यक्ष यादवले पार्टीका ७ जना सांसदले जनता समाजवादी पार्टी नामक नयाँ दल गठन गरेपछि उत्पन्न परिस्थितिबारे मंगलवार ललितपुरको बालकुमारीस्थित पार्टी कार्यालयमा पार्टीका नेता, कार्यकर्तासँग अनौपचारिक छलफल गरेका छन्।

उत्पन्न परिस्थितिबारे जानकारी दिन भोलि बुधवार बिहान ११ बजे पत्रकार सम्मेलन गर्दै छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.