|

काठमाडौँ : युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको निरीक्षण गरेका छन्।

दशरथ रंगशालाले अन्ताराष्ट्रिय मापदण्ड गुमाउने भएपछि खेलकुदमन्त्री श्रेष्ठले मंगलवार रंगशालाको निरीक्षण गरेका हुन्। त्यस क्रममा मन्त्री श्रेष्ठले अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङसँग के कारणले दशरथ रंगशालाले अन्ताराष्ट्रिय मापदण्ड गुमाएको भन्दै प्रश्न गरेका थिए।

त्यस अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङले पनि रंगशालाको आवश्यक मापदण्डबारे आफूहरूलाई एन्फाले जानकारी नगराएको उल्लेख गरे। साथै सरकार या खेलकुदको प्रशासकीय निकाय राखेप र प्रतिनिधिमण्डलबीच एन्फाले छलफल नगराएको पनि राखेपले आरोप लगाएको छ।

दशरथ रंगशाला नेपालको एक मात्र अन्ताराष्ट्रिय रंगशाला हो तर एएफसी प्रतिनिधिले केही समयअघि दशरथ रंगशालाको निरीक्षण गर्दै त्यहाँ अन्ताराष्ट्रिय प्रतियोगिता हुन अयोग्य रहेको रिपोर्ट प्रस्तुत गरेका थिए।

केही दिनअघि मात्र एएफसीले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई अन्ताराष्ट्रिय प्रतियोगिता गर्न दशथ रंगशाला अयोग्य रहेको पत्रचार गरेको थियो। त्योसँगै विश्वकप छनोट चरणमा बहराइनसँगको घरेलु मैदानमा खेल गुमाएको नेपालले संयुक्त अरब इमिरेट्स (युएई) सँग पनि ‘होम म्याच’ गुमाउने भय बढेको छ।

मन्त्री श्रेष्ठले एन्फा र राखेपबीच समन्वयको अभाव देखिएको र तीमध्ये फ्लड लाइट केही समस्या आएको उल्लेख गरे। यी आवश्यक पक्ष सुधार गर्दै पाँच दिनभित्र रिपोर्ट बुझाउन पनि सम्बन्धित पक्षलाई निर्देशन दिएको मन्त्री श्रेष्ठले बताए।

फिफा र एएफसीको मापदण्डअनुरूप स्टेडियम सेफ्टी सर्टिफिकेट, इभाकसन प्लान, कलर कोडेड प्लोर प्लान डाइग्रम र रिस्क एनालाइसिस स्पेसिफिक प्लान टु द स्टियमम बारे एन्फाले पालना गर्नुपर्ने रिपोर्टमा प्रस्तुत गरिएको थियो। एएफसीले पनि सोही कुरा एन्फालाई पत्राचार गरेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.