|

म्यान्मारको विपद् व्यवस्थापन विभागलाई उद्धृत गर्दै आधिकारिक टेलिभिजन च्यानल एमआरटिभीले मङ्गलबार आर्थिक वर्ष २०२३–२४ मा म्यान्मारमा चट्याङबाट कूल ७३ जनाको मृत्यु भएको जनाएको छ।

आर्थिक वर्षभरि अप्रिल–मार्च सम्म म्यान्मारले देशभर कूल ६७ वटा चट्याङको अनुभव गरेको छ। चट्याङबाट २७ जना घाइते समेत भएका छन्। यस अवधिमा देशभर चट्याङबाट हताहतको संख्या हावाहुरीका कारण हुने हताहतको संख्याभन्दा बढी रहेको छ।

म्यान्मारकोको विपद् व्यवस्थापन विभागले चट्याङबाट हुने मृत्युको संख्या कम गर्न यसको सुरक्षाको बारेमा चेतना जगाउँदै गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ।   

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.