|

विराटनगर : कोशी प्रदेश सरकारले  प्रदेश प्रमुख पर्शुराम खापुङलाई जेठ ११ गते बजेट अधिवेशन बोलाउन पुनः अनुरोध गर्दै प्रदेश प्रमुखलाई पत्र बुझाएको  छन्।

आज  बसेको  मन्त्रिपरिषदको बैठकले  बजेट  अधिवेशन बोलाउन प्रदेश प्रमुखमार्फत अनुरोध गर्ने निर्णय गरेका थियो। 'संविधानको धारा १८३ को उपधारा १ बमोजिम मिति २०८१।०२।११ गते शुक्रबारका दिन दिनको ११:०० बजे प्रदेश सभाको पाँचौँ अधिवेशन आह्वान गर्न कोशी प्रदेश सरकार मन्त्रिपरिषद्ले मिति २०८०।१२।२६ गते निर्णय गरी तहाँ माननीयज्यूसमक्ष पेश गरेको व्यहोरा अवगत नै छ। तर, हालसम्म प्रदेश सभाको बैठक नबोलाइएको हुँदा नेपालको संविधानको धारा १६६ को उपधारा २ अनुरुप यस अघिको पत्रअनुसार नै पूर्व बजेट छलफललगायत महत्वपूर्ण विषयमा छलफल गर्ने प्रयोजनको लागि मिति २०८१।०२।११ गते दिनको ११:०० बजे कोशी प्रदेश सभाको बैठक आह्वानका लागि कोशी प्रदेश सरकार मन्त्रिपरिषद्को मिति २०८१ वैशाख २६ गतेको निर्णयानुसार पुनः अनुरोध छ।' प्रदेश प्रमुखलाई बुझाइएको पत्रमा उल्लेख छ ।

मुख्यमन्त्री कार्कीले यसअघि चैत २६ गते प्रदेशसभाको अधिवेशन बोलाउन सिफारिस गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.